आइतवार, साउन १३, २०८२
  • होमपेज
  • नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्षमा साम्देन लामा निर्वाचित
Breaking News

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्षमा साम्देन लामा निर्वाचित

जुनेली न्यूज, काठमाडौं।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्षमा झण्डै डबल मतले साम्देन लामा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी रहेका कुशेश्री न्यौपानेले ४२ मत ल्याएका थिए भने लामाले ७१ मत प्राप्त गरेका थिए ।

साम्देन लामा  काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बासी हुन। लामा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अघिल्लो कार्यकालमा केन्द्रिय सदस्य रहेका थिए। उनी काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति समेत रहेका छन्। साथै जोरपाटी युवा क्लबको पनि अध्यक्ष रहेका छन्।

समाजसेवामा लामो समय देखि लागि परेका लामाले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष बनेर देश भरिका शारीरिक रूपमा अशक्त अपाङ्ग व्यक्तिहरूको निमित्त कार्य गर्ने भार थपिएको छ। देशभरि रहेका शारीरिक रूपमा अशक्त अपाङ्ग व्यक्तिहरूको को हक हित र अधिकारमा सदैव लाग्ने प्रण रहेको उनको भनाइ छ।

नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको चुनाव मङ्सिर १९ गते धनुषाको जनकपुरधाममा भएको थियो । संघको केन्द्रीय कार्यालय काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ६ को नारायण रहेको छ।

उक्त संस्थामा २७ जना कार्यसमिति रहने व्यवस्था रहेको छ जसमा अध्यक्ष सहित १६ जन प्रत्यक्ष चुनावबाट जितेर आउनु पर्ने हुन्छ। चुनावबाट पनि ७ जना सपाङ्ग र अपांगता भएका ८ जन रहने व्यवस्था छ। बाँकी निर्वाचित समितिले मनोनित गर्ने छ ।

फेसबुक प्रतिक्रियाहरु