मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आफैँ गोलि हानी भारतीय राजदूतावासभित्र सुरक्षा गार्डको मृत्यु
दुर्घटना/अपराध

आफैँ गोलि हानी भारतीय राजदूतावासभित्र सुरक्षा गार्डको मृत्यु

जुनेली न्युज, २० असार काठमाडौँ |

 

काठमाडौंस्थित भारतीय राजदूतावासभित्र एक जना सुरक्षा गार्डको आफैँ गोलि हानी  मृत्यु भएको छ |

लैनचौरस्थित दूतावासभित्र ड्युटीमा बसेका भारतीय सुरक्षा गार्डको सोमबार बिहान मृत्यु भएको हो |

दीपक सिंह नामका ती सुरक्षा गार्डले आफैंलाई गोली हानेको बताइएको छ | घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिएको छ | घटनाबारे जानकारी लिन प्रहरी टोली दूतावास गए पनि दूतावास भित्र जान सकेको छैन |

 

कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागु हुन्छ |

मृतकको शव यतिबेला  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ |

फेसबुक प्रतिक्रियाहरु