शनिबार, चैत्र १६, २०८१
  • होमपेज
  • गोकर्णेश्वर युवा जागरण क्लवद्धारा मेयर कप फुटबल प्रतियोगिता विजेता खेलाडीलाई सम्मान
Breaking News

गोकर्णेश्वर युवा जागरण क्लवद्धारा मेयर कप फुटबल प्रतियोगिता विजेता खेलाडीलाई सम्मान

जुनेली न्युज काठमाडौँ।

गोकर्णेश्वर युवा जागरण क्लब (GFG) द्वारा मेयर कप फुटबल प्रतियोगिता विजेता खेलाडीहरुलाई सम्मान गरेको छ।

गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद समिति मार्फत आयोजित गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगितामा वडा नं ४ ले जीत हात परेको थियो।

आफ्नै वडाका खेलाडीहरूको हौसलाको लागि सम्मान गरेको क्लबका अध्यक्ष विकेश श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा सभापति क्लबका अध्यक्ष साथै नगरपालिका खेलकुद समिति सदस्य विकेश श्रेष्ठ, प्रमुख अतिथि यूवा तथा खेलकुद समितिका संयोजक सञ्जय लामा, विशेष अतिथि क्लबका सल्लाहकार बालकृष्ण श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, वडा फुटबल संयोजक दिनेश श्रेष्ठ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा खेलाडी, म्यानेजर कोच सबलाई सम्मान सहित नगद रु १५ हजार समेत प्रदान  गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु