शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एमाले अध्यक्ष ओलीले गरेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलाउन दियो आदेश
Breaking News

एमाले अध्यक्ष ओलीले गरेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलाउन दियो आदेश

जुनेली न्यूज, काठमाण्डौ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलाउने आदेश गरेको छ ।

भदौ २८ गते सांसद पदमुक्त गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्नका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले पार्टीले कारबाही गरेका संघीय संसदका १४ जना र लुम्बिनी प्रदेशका २ जनालाई पदमुक्त नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा दायर गरेको रिटबारे अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको जनाइएको छ ।

त्यस्तै सर्वोच्चले एमाले विभाजन गरेर माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रिया नमिलेको र कानूनविपरीत रहेको भन्दै निर्वाचन आयोगविरुद्ध ओलीले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले यस विषयमा आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु