मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला जलाएमा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी
Breaking News

मित्रराष्ट्रका प्रधानमन्त्रीको पुत्ला जलाएमा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

जुनेली न्यूज, काठमाण्डौ | सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आइतबार गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउनेगरी नाराबाजी गर्ने‚ जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गरिएकोप्रति आपत्ति जनाउँदै कुनैपनि समस्याको समाधान वार्ता संवाद र कुटनीतिको माध्यमबाट गरिने भन्दै ‘कानून हातमा लिनेलाई कारबाही गर्ने’ जनाएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा गृह मन्त्रालयले आपत्ति जनाएको हो । मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।

विज्ञप्ति :

फेसबुक प्रतिक्रियाहरु