मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • “एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलाल हुन् “-भिम रावल
Breaking News

“एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलाल हुन् “-भिम रावल

जुनेली न्यूज, काठमान्डौ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु सबै ‘दलाल’ भएको बताएका छन् ।

आइतबार (आज) रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् । ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलालहरु हुन्,’ रावलल भने, ‘म निर्धक्क भन्न सक्छु ।

एमसीसी पारित गर्नुपर्छ भनेर उफ्रिनेहरु दलालहरु हुन् । अनुहारमा नेपालीहरु नै हुन् सम्झौता गर्न खोज्नेहरु । तर राष्ट्रिय, धर्मनिरपेक्षता र नेपालको स्वाधीनताका हिसाबले उनीहरु दलालहरु हुन् ।’

फेसबुक प्रतिक्रियाहरु