आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • बिहानी एकल महिला समुहद्वारा मानव बेचविखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
Uncategorized

बिहानी एकल महिला समुहद्वारा मानव बेचविखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ २०, काठमाडौ । गोकर्णेश्वोर नगरपालिका -६ स्थित ” बिहानी एकल महिला समुह ” द्वारा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औं राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम राखेको छ।
समुहका अध्यक्ष झुमा लामा ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गो.न.पा. प्रमुख सन्तोष चालिसे ज्यु प्रमुख अतिथी रहनुभयो भने W.H.R का कानुनी सल्लहकार श्रीमती राजीन रायमाझी ज्यु, गो. न. पा . उप-प्रमुख शान्ति नेपाल ज्यु, गो.न.पा. प्रमुख सल्लाहकार दिपक रिसाल ज्यु, गो.न.पा. ०५ का वडा अध्यक्ष एवं इकाइ सभापती नरायण सुवेदी ज्यु, महानगरीय प्रहरी बृत, बौद्ध का प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपाने ज्यु, नेपाल दलित विद्यार्थी संघका सभापती एवं नेपाली कांग्रेस काठमाडौ क्षेत्र न .०३ का महाधिवेशन प्रतिनिधि राजु सुनार ज्यु, तरुण दल पूर्व केन्द्रीय सदस्य युवा नेता सम्भु प्रसाद अधिकारी ज्यु, युवा नेता दिपक लामा ज्यु तथा अन्य अतिथिहरुको व्यापक उपस्थिती रह्यो।
कार्यक्रममा विशिष्ट अतिथी, प्रहरी नायब उपरीक्षक न्यौपाने तथा अदिवक्ता राजिन रायमाझी ज्युबाट मानव बेचविखनको कारण, प्रभाव, प्रकार एवं यसका कानुनी कारवाहिहरुबारे प्रष्ट पारियो।

फेसबुक प्रतिक्रियाहरु