आइतवार, साउन २६, २०८२
  • होमपेज
  • कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो
Breaking News

कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो

जुनेली न्यूज, काठमाण्डौ | नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिले विवाद टुंगिएको जनाएको हो ।

कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो । ‘हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं,’ लेखकले भने, ‘प्रतिवेदन आजै बुझाउँदैछौँ, अब कुनै खाले विवाद देखिँदैन ।’

कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया सुरू हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु