बुधबार, अशोज २, २०८१
  • होमपेज
  • भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध अखिल नेपाल किसान संघ र नेपाल सुकुम्बासी संगठनले सडक प्रदर्शन
Breaking News

भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध अखिल नेपाल किसान संघ र नेपाल सुकुम्बासी संगठनले सडक प्रदर्शन

जुनेली न्यूज, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंको माइतीघरमा अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार संयुक्त रुपमा सडक प्रदर्शन गरेका छन् ।

अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार माइतीघर मण्डलामा संयुक्त रुपमा सडक प्रदर्शन गरेका उनीहरुले ‘हाम्रो बसोबासको ग्यारेन्टी गर’,‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर,’ ‘भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको जमिन पाउने संवैधानिकअधिकार कार्यान्वयन गर’, लगायतका प्लेकार्ड बोकेका थिए ।

साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु