जुनेली न्यूज, काठमाडौं । नेकपा (माओवादी ) केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा गम्भीर ध्यानाकर्षण रहेको बताएका छन् |
उनले यो आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीलाई सुरक्षा र उद्धार गर्ने रहेको बताएका छन् | साथै सरकारलाई पारिस्थितिलाई मध्यनजर गर्दै अविलम्ब प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् |
‘यसका लागि म र नेकपा (माओवादी) केन्द्रको पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउछु’ उनले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन् |
फेसबुक प्रतिक्रियाहरु