बुधबार, अशोज २, २०८१
  • होमपेज
  • महाकाली नदीमा घटेको घटनामा नेकपा (माओवादी) केन्द्रको गम्भीर ध्यानाकर्षण, सरकारसँग कारबाहीको माग
Breaking News

महाकाली नदीमा घटेको घटनामा नेकपा (माओवादी) केन्द्रको गम्भीर ध्यानाकर्षण, सरकारसँग कारबाहीको माग

जुनेली न्यूज , काठमाडौं । माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।सो घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ |

सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ । शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा फुस्काइदिएका थिए । तुइनको तारसहित माहाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन्

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका छन्, ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।’

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ । भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको जिकीर गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु