बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता
दुर्घटना/अपराध

कर्णाली नदीमा डुंगा पल्टिँदा ६ जना यात्रु बेपत्ता

जुनेली न्यूज, काठमाण्डौ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा पल्टिँदा कम्तीमा पनि ६ जना यात्रु बेपत्ता भएका छन्। उक्त दुर्घटनामा तीनजना आमा र तीनजना बच्चा बेपत्ता भएका छन्।

बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा जाने क्रममा आइतबार विहान साढे ११ बजे कर्णालीमा डुंगा दुर्घटना भएको  र ६ जना नै डुंगाबाट  कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए।

सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका बासिन्दा बर्सेनि डुंगाबाट कर्णाली तर्न बाध्य छन्। उनीहरु डुंगाबाट खोप लगाउन बिजौरा हेल्थ पोस्टमा पुग्थे।

दुर्गम ठाउका यस्तो समस्याहरुमा सरकारको ध्यान कहिले केन्द्रित हुने ?

 

फेसबुक प्रतिक्रियाहरु