बुधबार, अशोज २, २०८१
  • होमपेज
  •  गोकर्नेश्वोर नगरपालिका युवा तथा खेलकुद समितिद्वारा बास्केटबल तर्फको नगर कप हुने
गोकर्नेश्वोर बिशेष

 गोकर्नेश्वोर नगरपालिका युवा तथा खेलकुद समितिद्वारा बास्केटबल तर्फको नगर कप हुने

माघ २६,

काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका युवा तथा खेलकुद समितिको आयोजनामा १६ बर्ष भन्दा मुनिका छात्र ,छात्रा बास्केटबल प्रतियोगिता हुने भएको छ ।

मिति २०७७ माघ २५ गते लिम्पिया स्कुलमा  पत्रकार सम्मेलन गरि बास्केट्बल  नगर कप हुने जानकारी भएको हो |  पत्रकार सम्मेलनमा गोकर्नेश्वोर नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण सुबेदी, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, शिक्षा तथा खेलकुद बिभाग प्रमुख राम नारायण शाह, युवा तथा खेलकुद समितिका अध्यक्ष संजय लामा, लिम्फिया स्कुलका प्रिन्सिपल र राजेन्द्र लम्साल बास्केटबल संयोजकको उपस्थिति रहेको थियो ।

सो प्रतियोगिताको सम्पूर्ण संयोजक राजेन्द्र लाम्सालले गर्नेछन । साथै खेल लिम्फिया स्कुल नयाँबस्तिमा हेनेछ भने  खीलाडीहरुलाई खाजा खानको व्यस्था लिम्फिया स्कुलले नै गर्नेछ ।

बास्केटबल प्रतियोगिता बाट छनोट भएका उत्कृस्ट खेलाडी रास्ट्रीय स्तरमा खेल्न जानेछन र सम्पूर्ण लगानी गोकर्नेश्वोर नगरपालिकाले गर्ने छ ।

फोटो हेर्नुहोस् / फोटो जुनेली न्युज संवाददाताNo description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु