बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सिटीकोमाथि लिभरपुलको लज्जास्पद हार
समाचार

सिटीकोमाथि लिभरपुलको लज्जास्पद हार

माघ  २६,

एजेन्सी । म्यानचेस्टर सिटीका फिल फोडेनको शानदार प्रदर्शन र लिभरपुलका गोलरक्षक अलिसन बेकरको गम्भीर गल्तीका कारण लिभरपुलले शीर्ष स्थानको सिटीसँग आफ्नै मैदानमा ४–१ को लज्जास्पद हार ब्यहोरेको छ ।

यो जितपछि सम्भवतः सिटीले उपाधि यात्रामा एउटा महत्वपूर्ण फड्को मारेको छ । सिटीले सन् २००३ पछि पहिलोपल्ट लिभरपुलमाथि एनफिल्डमा जित हासिल गरेको हो ।

यसैले यो जित प्रशिक्षक पेप ग्वार्डिओलाका लागि पनि प्रतिष्ठित छ ।

फेसबुक प्रतिक्रियाहरु