आइतवार, भदौ १, २०८२
  • होमपेज
  • खनियापानीमा भोली हुने संसद् बिघटनको बिरोधमा सहभागी हुन सभापति खड्काको अपिल
पत्रपत्रिका

खनियापानीमा भोली हुने संसद् बिघटनको बिरोधमा सहभागी हुन सभापति खड्काको अपिल

माघ ०७,

रामेछाप । नेपाली कांग्रेस सुनापति गाउँपालिका वडा नं ५ खनियापानी वटा समितिले बिहिबार गर्न लागेको प्रर्दशनमा सहभागी हुन अपिल गरेको छ ।

बुधबार एक अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बिरुद्धमा सहभागी हुन भनिएको छ । उसले ओली गरेको संसद् बिघटनलाई असंबैधानिक, कू भनेको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम स्थानीय तहको वडामा हुने बिरोध सभामा काग्रेस शुभेच्छुक, भातृ संघसंगठनका साथीहरु इकाई कमिटीका साथीहरुलाई अनिवार्य उपस्थितिको लागि हर्दिक अनुरोध गर्दछु, ईकाइ सभापती जनक खडकाले जारी गरेको अपिलमा भनिएको छ ।

बिरोध सभा बिहान ११ बजे सुरु हुने छ । कांग्रेसले संसद् बिघटन असंबैधानिक भन्दै बिरोध गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु