पुष १७,
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा एकिकृत बस्ती निर्माण हुने भएको छ ।
गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ भिमशेन थानमा आधुनिक सहरी बस्ति निर्माण गर्ने उदेश्य सहित बस्ती निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले जुनेली न्युजलाई जानकारी दिए ।
उनले भने-“हामीले एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छौ, पालिकाको केन्द्र नजिकै करिब १५ सयदेखि २ हजारसम्मका अधुनिक बस्ती निर्माणको काम सुरु भएको छ, अहिले डिपीआर तयार गर्दैछौ, हामी यसको लागि केन्द्र र प्रदेशसंग पनि प्रस्ताव लैजाने तयारी पनि गर्दै छौं, यो बस्ती निर्माणको काम औपचारिक रुपमै सुरु भैसेको छ ।”
अहिले बस्ती निर्माणको लागि जमिन समम्याउने काम भैरहेको छ । पालिकालाई अधुनिक र सहरी सन्दर्यको लागि बस्ती निर्माण थालिएको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु