बुधबार, अशोज २, २०८१
  • होमपेज
  • कांग्रेसले अदालतलाई धम्काउने र फकाउने काम गर्दैन, न्यायालयको निर्णय स्वीकार्छ-देउवा (भिडियो)
समाचार

कांग्रेसले अदालतलाई धम्काउने र फकाउने काम गर्दैन, न्यायालयको निर्णय स्वीकार्छ-देउवा (भिडियो)

पुष १३,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद बिघटन बारे अदालतले गर्ने निर्णय आफूहरुले मान्य बताएका छन् ।

सोमबार भक्तपुरमा आयोजित संसद बिघटनको बिरोध कार्याक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस इतिहसददेखि न्यायालयलाई मान्ने पार्टी भएकाले यता, उता नलाग्ने बताए ।

सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् बिघटन गर्ने निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको बिघटन भएदेखिनै भन्दै आएको बताउदै निर्वाचनसमेत घोषणा भैसकेकाले अब कसरी जाने भन्नेबारेमा केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने बताए । न्यायालयको निर्णय स्वतन्त्र हुनु पर्नेमा जोडदिए र विश्वास् ब्यक्त गरे ।

केपी ओली सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि काम गर्न नसकेको, भ्रष्टचार बढेकोलगाएत उनले जिकिरे गरे । कोरोनाको खोप आउने आझै एक वर्षसम्म लाग्न सक्नेदेखिने उनले दाबी गरे ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/226069824212250/videos/1154378168314644/

फेसबुक प्रतिक्रियाहरु