आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • पकरबासको सुलिथुम्कामा २ करोड ८९ लाख बढी लागतमा भ्युटावर बन्दै
रामेछाप बिशेष

पकरबासको सुलिथुम्कामा २ करोड ८९ लाख बढी लागतमा भ्युटावर बन्दै

पुष १०,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका पकरबासस्थित सुलिथुम्कामा भ्युटावर शिलन्यास गरिएको छ ।

शुक्रबार जिल्ला समन्यसमितिका प्रमुख प्रेम बहादुर खड्का र पालिका प्रमुख प्रेम तामाङ्गले संयुक्तरुपमा बागमती प्रदेश सरकारको २ करोड ८९ लाख ६३ हजार ७७२ रुपैयाँको लागतमा निर्माण हुने टावरको शिलन्यास गरेका हुन् । सो टावर ९ सय ५० मिटर  खुड्किला सहित पाँचलते अग्लो टावर निर्माण हुने छ।

भ्युटावरको शिलन्यास गर्दै जिसस प्रमुख खड्काले भ्युटावरले जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुको विकास गरी जिल्लाकै आर्थिक वृद्धिमा सहयोगी बन्ने बताएका छन् ।

त्यस्तै पालिका प्रमुख तामाङ्गले टावरको निर्माणले रामेछाप, दोलखा, सिन्धुली र काभ्रे जिल्लाका अधिकांश भागहरुको दृशहरु अवलोकन गर्न सकिने बताए । उनले यसले गर्दा पालिका पर्यटकिय हव सन्न सक्ने दाबी गरे ।

त्यस्तै त्यहाँ शौचलय पनि निर्माण हुने छ । आगामी ०७८ जेठ महिनासम्मा निर्माण सम्पन्न गर्ने गरी सुनकोशी कन्ट्रक्सनसंग निर्माण सम्झौता भएको छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु