पुष ०८,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
पुस ७ गते मंगलबार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि डा खतिवडा राष्ट्रिय सभाको सदस्य भई वर्तमान सरकारमा अर्थमन्त्रीसमेत बने। साथै, उनले केही समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए
वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका डा खतिवडा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कको गर्भनर भइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु