बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • गरिब राष्ट्रहरुले नयाँ वर्षको सुरुवात मै खोप पाउने छ : विश्व स्वास्थ्य संगठन
समाचार

गरिब राष्ट्रहरुले नयाँ वर्षको सुरुवात मै खोप पाउने छ : विश्व स्वास्थ्य संगठन

पुष ०४,

काठमाडौं । नयाँ वर्ष सन् २०२१ को सुरुवातबाट नै गरिब राष्ट्रहरुले कोरोनाविरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त विषयको जानकारी विश्व स्वास्थ्य संगठनले शुक्रबार दिएको हो।

डब्लुएचओले कोभ्याक्सलगायतका खोप गरिब राष्ट्रहरुलाई शीघ्र उपलब्ध गराईने शुक्रबार बताएका हुन् । संगठनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको अनुसार, “सवै देशले कोरोनाविरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरु देखि नै खोप पठाइने छ ।” महामारीका बेला गरिब मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु