बुधबार, अशोज २, २०८१
  • होमपेज
  • अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ
दुर्घटना/अपराध

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ६ जना पक्राउ

पुष ०१,

काठमाडौं । अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ रामहिटी बस्ने सिन्धुपाल्चोक थामपालधाम गाउँपालिका ३ घर भएका २५ वर्षिय हरी रामदाम, पोखरी महानगरपालिका ८ न्यूरोडबाट तनहुँ व्यास नगरपालिका ८ घर भएका ३३ वर्षीय कुमार श्रेष्ठ र काठमाडौँ घर भएका ४७ वर्षीय कृष्ण लक्ष्मी भाछिमा महर्जन रहेका छन् ।

उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरु कास्की, स्याङजा, सुनसरी र काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका ३ स्थित जगडोलडाँडाबाट करिब ९ सय ८० ग्राम अवैध लगूऔषध पोल्याण्ड सहित रामदाम पक्राउ परेका हुन् ।

पोखराबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल डाईजापाम र ११३ एम्पुल ब्रुफिनर्फिन र १ थान मोवाईल सहित सोहि ठाउँ बस्ने श्रेष्ठ पक्राउ परेका हुन् । पोखरी महानगरपालिका ८ न्यूरोडबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल डाईजापाम र १ सय एम्पुल फेनारगन १ सय एम्पुल ब्रुफिनर्फिन र १ थान मोवाइल सहित सोहि ठाउँमा बस्ने तनहुँ व्यास नगरपालिका ८ घर भएका ३० वर्षीय अशोक वाचे मगरलाई गत आइतबार प्रहरीले प्रकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय कास्कीबाट खटिएका संयुक्त प्रहरी टोलीले मगरको कोठमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै स्याङजा फेदिखोला गाउँपालिका ३ स्थित काहुलेबाट ४ सय ८० ग्राम अवैध लागूऔषध गाँजा सहित सोहि ठाउँ बस्ने २८ वर्षीय रानाभाटलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालाय स्याङजा र प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरीले रानाभाटको घरमा खानतालसी गर्ने क्रममा लुकाइ राखेको उक्त वपरिमाणको लागूऔषध फेलापारी उनलाइ पक्राउ गरेको प्रहीले जनाएको छ ।

त्यस्तै सुनसरी दुहवी नगरपालिका ९ मुसहरी टोलबाट करिब १ केजी अवैध लागूऔषध गाँजा सहित सोहि ठाउँ बस्ने ५८ वर्षीय पुष्पलाल ऋषिदेवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । ऋषिदेवले आफ्नौ घरमा लागूऔषध गाँजा बेचबखन गरिरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु