शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काठमाडौंको मित्रनगरबाट सालको खपेटा सहित धादिङका तामाङ पक्राउ
दुर्घटना/अपराध

काठमाडौंको मित्रनगरबाट सालको खपेटा सहित धादिङका तामाङ पक्राउ

पुष ०१

काठमाडौँ । काठमाडौंको मित्रनगर, बबालिचोकबाट एक जना सालको खपेटा सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ छत्रेदेउराली गाउँपालिका–६ घर भएका सुभाश तामाङ भनिने २७ वर्षीय सुजन तामाङ रहेका छन् । उनलाई मंगलबार महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सुजनलाई बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालको खपेटा फेला परेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसान्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु