बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीको राजिनामा माग सहित रामेछापमा कांग्रेसको शक्ति प्रर्दशन (फोटोफिचर)
रामेछाप बिशेष

प्रधानमन्त्री ओलीको राजिनामा माग सहित रामेछापमा कांग्रेसको शक्ति प्रर्दशन (फोटोफिचर)

मंसिर २९,

रामेछाप । रामेछापको मन्थलीमा नेपाली कांग्रेसले सरकार बिरुद्ध शक्ति प्रर्दशन गरेको छ ।

मन्थलीको भैशेश्वरबाट सुरु भएको विशाल बिरोध प्रर्दशन कटहरको बोटमा पुगी देवकोटाचोकमा आइ कोणसभामा परिणत भएको थियो ।

जिल्लाको ६४ वटा वडाबाटै भेलाभएका कांग्रेसका कार्याकर्ताहरुले वर्तमान केपी शर्मा ओलीको राजिनामा मागसहित नारावाजी गरेका थिए । कांग्रेसको देशका ७७ वटै जिल्लामा पर्दशन गर्ने कार्याक्रम अन्तर्गत गरिएको प्रर्दशनमा केपी ओली मूर्दावात्, केपी ओली राजिनाम दे, ओली सरकार भ्रष्ट्र सरकार, बलात्कार संरक्षणको सरकार, जनता रुहाउने सरकार भन्दै नारा लगाएका थिए ।

कार्याक्रमलाई सम्बोधन गर्दै कांग्रेसका जिल्ला पूर्व पार्टी सभापति रामचन्द्र खड्क, वर्तमान पार्टी सभापति लवश्री न्यौपाने, नेता पूर्णबहादुर तामाङ् (कान्छाराम), जितबहादुर मगर, अर्जुन खड्का, रत्न कार्की, जितेन्द्र मोक्तान, जिवन कार्की, महिला नेतृ गंगा अधिकारी, लगाएतका नेताहरुले वर्तमान ओली सरकारले जनतालाई दुख मात्रै दिएको, भ्रष्टचार मौलाएको, कोरोना रोकथाम नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा नगरेको, राष्ट्रघाति काममा तल्लिन बनेको, आन्तरिक पार्टीको द्वन्द्वमा जनालाई दुख दिएको, भ्रष्टचार मौलाएको, विकास निर्मण केही नभएको लगाएतका आरोप लगाएका छन् ।

फोटो हेर्नुहोस्

फोटो : मिलन घिमिरे/जुनेली

https://www.facebook.com/ghimiremilan2018/videos/1096209387458040

फेसबुक प्रतिक्रियाहरु