मंसिर १९,
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार पदादिकारी बैठक बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएका हुन् ।
गत बुधबार आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको बारेमा छलफल हुने पार्टीका सह-महामन्त्री डा. प्रकाश महतले बताए ।
नेता पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छोडेको थियो । सोही घटनालाई लिएर कांग्रेसका विभिन्न भातृसंघ संस्थाहरुले बिरोध प्रर्दशन गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु