शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  •  मंसिर २९ गते कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने : तत्कला संसद बैठक बोलाउन माग
समाचार

 मंसिर २९ गते कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने : तत्कला संसद बैठक बोलाउन माग

मंसिर २०,

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध पर्दशन गर्ने भएको छ । शुक्रबार बसेको पदादिकारी बैठकले वर्तमान कम्युनिष्ट सरकार निरन्तर रुपमा दमन, भ्रष्टाचार र कोभिड-१९ को रोकथाम गर्न नसकेको भन्दै प्रर्दशनक तयारी गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

उनका अनुसार तनहुँ जिल्लामा गत १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी ब्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचार देखि अनेकन भ्रष्टाचार काण्ड र बेथिति विरुद्ध यहि मंसिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने छ ।

त्यस्तै राष्ट्रिय रूपमा उठेका जिवन्त प्रश्नहरू संगै देश र जनताका ज्वलन्त विषयहरुमा छलफल गर्न संघीय संसदको बैठक बस्न अत्यावश्यक भएकोले संसद बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने पनि कांग्रेसले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु