शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले २ महिनाको, मासिक शुल्क छुट दिने
रामेछाप बिशेष

मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले २ महिनाको, मासिक शुल्क छुट दिने

मंसिर २०, फाइल फोटो

रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृती बहुमुखी क्याम्पले बन्दाबन्दीसहित २ महिनाको मासिक शुल्क नलिने भएको छ ।

शुक्रबार क्याम्पस प्रमुख ऋषि कार्कीसहित बसेको क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिहरुको छलफलले बन्दाबन्दीसहित २ महिनाको मासिक शुल्क छुट दिने निर्णय गरेको स्वावियु सचिव विमल पौडेलले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस रोकथामका लागि सरकारले जारी गरेको लक्डाउनसहित २ महिनाको मासिक शुल्क मिनाहा गरिएको हो ।

यसअघि विद्यार्थी संघठनहरुले शुल्क छुट्दिन माग गरेका थिए । सोही मागलाई सम्बोधन गर्दै क्याम्पसले शुल्क मिनहा गरेको क्याम्पस प्रमुख ऋषि कार्कीले जुनेली न्युजसंग बताए ।

उनले भने विगतका वर्षहरुमा हामीले १२ महिनाको शुल्क लिदै आएका थियौं, अहिला क्याम्पस संचालन भैरहेको १८/२० महिना भयो त्यसैले हामीले १०/२० महिनाको शुल्क नलिने विगत्कै तुलनामा १२ महिनाको शुल्क लिने र त्यसमा २ महिनाको शुल्क छुट् दिने निर्णय गरिएको छ ।

गत चैत्रदेखि क्याम्पस बन्द भएको थियो । हाल तिहार पछि आशिक रुपमा क्याम्पस संचालन भैरहेको छ । चौथो वर्षको परीक्षा गत चैत्रमै हुनु पर्ने थियो । कोरोना भाइरस संक्रमणका कारण रोकिएको परीक्षा हुन सकेको छैन् । त्यस्तै तेस्रो वर्षको परीक्षा पनि हुन सकेको छैन् । परीक्षा वैशाख सम्म सम्पन्न हुदै आएको थियो ।

निर्णय हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु