बुधबार, अशोज २, २०८१
  • होमपेज
  • कोरोना संक्रमित भएपछि रेडियो कार्यक्रममै रोए ऋषि धमला (अडियोसहित)
समाचार

कोरोना संक्रमित भएपछि रेडियो कार्यक्रममै रोए ऋषि धमला (अडियोसहित)

कात्तिक २४,

काठमाडौं । नेपाली रेडियो नेटोर्कमा प्रत्येक दिन नेपाली बहस नामक कार्यक्रम संचालन गर्न, प्राईटिभीमा जनता जान्नचाहान्छन् कार्यक्रम संचालन गर्ने, विभिन्न सचारमाध्यममा आबद्ध नेपालका चर्चित् पत्रकार ऋषि धमला सोमबार बिहानाको कार्यक्रममा भकान्निदै कार्यक्रम संचालन गरेका छन् ।

नेपाली रेडियो नेटोर्कमार्फत् देशै भरी प्रशारण हुने कार्यक्रम नेपाली बहसमा होमआइसोलेसनबाटै कार्यक्रममा संचालन गरेका धमलालाई आइतबार कोरोना पुष्टि भएको थियो । आफूले प्रत्येक दिन सम्पूर्ण नेपालीलाई कोरोनाबाट बच्नु भन्दा भन्दै आफैलाई कोरोना भएको अवस्थामा सबैलाई सचेत् हुन् आग्रह गर्दै कार्यक्रमको सुरुवात् देखिनै कार्यक्रमको विषय वस्तुसम्ममा नपुग्दासम्म उनी भक्कानिए ।

सधै देश र जनताको पक्षमा देश तथा विदेशबाट समेत कार्यक्रमलाई निर्णतर दिदै आएका धमला सोमबारको कार्यक्रममा पूरै निरासामा देखिएका थिए । उनी संक्रमण भएको आफैले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । उनकी श्रीमती र एक छोरी छन् ।

संक्रमण पुष्टि भएपश्चात धमला होमआइसोलेसनमा बसेका छन् ।

अडियोसहित

फेसबुक प्रतिक्रियाहरु