बुधबार, अशोज २, २०८१
  • होमपेज
  • नेपाल र अमेरिका बिचको सम्बन्ध थप मजबुत हुने प्रधानमन्त्री ओली
समाचार

नेपाल र अमेरिका बिचको सम्बन्ध थप मजबुत हुने प्रधानमन्त्री ओली

कात्तिक २३,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र अमेरिका बिचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन भुमिका खेल्ने विश्वास ब्यक्त गरेका छन् ।

आइतबार सामाजिक संजाल ट्वीटरमा अमेरिकाका नव निर्वाचित ४६ औं राष्टपति जो वाइडेन र उपराष्ट्रपती कामला ह्यारीसलाई बधाई दिदै उनले यस्तो बताएका हुन् ।

नवनियुक्त राष्टपति वाइडेन निर्वाचित भएसंगै उनले वर्षौदेखिको दुई देशका मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत हुने प्रधानमन्त्री ओलीले यस्तो विश्वास् ब्यक्त गरेका हुन् । उनले यस्तो  नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा पनि उल्लेख गरेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु