कात्तिक १७,
काठमाण्डाै । कोरोना परीक्षण गर्दा शुल्क असुल्नुपर्ने माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवेदन दर्ता गराएको छ ।
कोरोना परीक्षण नि:शुल्क गर्न भनेर दिएको आदेश पुनरावलोकन गर्न माग गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ताको कार्यालयमार्फत पुनरावलोकन निवेदन दिनुभएको हो ।
मन्त्रालयले राज्यको स्रोत साधन र जनशक्तिले नभ्याउने र कोरोना सङ्क्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेकोसमेत दाबी गरेको छ । यसअघि सर्वोच्चले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस सङ्क्रमण परीक्षण नि:शुल्क गर्न परमादेश जारी गरेको थियो । त्यसका लागि अधिवक्ता लोकेन्द्र ओली र केशरबहादुर केसीले रिट दायर गर्नुभएको थियो ।
फेसबुक प्रतिक्रियाहरु