मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विश्वमा ३ करोड २० लाख भन्दा धेरैमा कोरोना संक्रमण
समाचार

विश्वमा ३ करोड २० लाख भन्दा धेरैमा कोरोना संक्रमण

असोज ८,

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ३ लाख ११ हजारभन्दा बढी संक्रमित थपिएका छन्।

सबैभन्दा धेरै भारतमा ८९ हजार ६८८, अमेरिकामा ३९ हजार ५३५ तथा ब्राजिलमा ३२ हजार ४४५ जना संक्रमित थपिएका छन्। यस्तै अर्जेन्टिनामा १२ हजार ६२५, फ्रान्समा १३ हजार तथा बेलायतमा ६ हजार बढी संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४२३ जनाको मृत्यु भएको छ। भारतमा ११ सय ५२, अमेरिकामा १ हजार ५२ तथा ब्राजिलमा ९ सय ६ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको कुल संख्या ९ लाख ८१ हजार पुगेको छ।

२ करोड ३६ लाख भन्दा बढी मानिस भने उपचारपछि निको भएका छन्।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु