असोज ०७
काठमाडौं । कोरोना संक्रमणका कारण बुधबार थप २ जनाको मर्तयु भएको छ । मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए। यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।
फेसबुक प्रतिक्रियाहरु