प्रकाशित द्वारा: बिहिबार, भदौ ४, २०७७
भदौ ०४,
रामेछाप । रामेछापमा कोरोना भाइरस संक्रमण बढदैगएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले बन्दाबन्दीलाई थप कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना संक्रमण तिवृ रुपमा फैलिएको निषकर्श निकाल्दै बन्दाबन्दीलाई थप कडाई गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी शर्माले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणले रामेछाप जिल्लाभित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको देखिएको उनले जारी गरेको आदेशमा उल्लेख गरेकी छन् ।
शर्माले कोरोना भाइरस संक्रमण जिल्लामा बिहिबारसम्ममा ३३ जनामा पुष्टि भैसकेको छ । भने १ हजार २ जनाको स्वाब संकलन गरि पठाइएकोमा ३३ जनाको पोजेटिभ आएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । त्यसमा १ सय ३३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । ८ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएको छ ।
सो अवस्थालाई ध्यानमा राख्दै प्रशासनले बन्दाबन्दीलाई थप कडाई पर्दै १७ बुँदे आदेश जारी गरेको छ । उसले कोरोना भाइरस संक्रमण रोगको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को गत भदौ १ गतेको निर्णय बमोजिम संक्रमण रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०१८ को दफा ६ (३) बमोजिम भदौ ४ गते आज राति १२ बजेदेखि अर्को आदेश/सूचना जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी १७ बुदै आदेश जारी गरिएको हो ।
यी काम गर्न पाइने छैन हेर्नुहोस्
- अत्यावश्यक सेवा (खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका
- अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न ।
- औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
- अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
- फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।
- एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान,
- फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा
- सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ।
- शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल,सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
- दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।होटल, रेष्टुरेन्ट सञ्चालन गर्न ।
- यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ :०० बजे देखि विहान ५ : ०० बजे सम्म पैदल आवात जावत गर्न ।
- सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
- अत्यावश्यक सेवाका र मालवाहकढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न ।
- स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य बस्तु विक्री गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक सेवाका पसलहरु विहान ५ : ०० बजेबाट ९ :०० बजे सम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
- सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
- बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान ९: ०० बजे देखि दिउँसो १:०० बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
- अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने,आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
- उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
- कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई
फेसबुक प्रतिक्रियाहरु