शनिबार, साउन १२, २०८१
  • होमपेज
  • रामेछापको दोरम्बामा पर्यटन क्षेत्र शैलुङ्ग सरसफाई
रामेछाप बिशेष

रामेछापको दोरम्बामा पर्यटन क्षेत्र शैलुङ्ग सरसफाई

पर्यटन क्षेत्र शैलुङ्ग

साउन २१
रामेछाप । पर्यटन विकास केन्द्र दोरम्बाको आयोजनामा जनैपूर्णिमाको अवसरमा शैलुङ्ग क्षेत्र सरसफाई गरिएको छ । शैलुङ्गमा जनैपूर्णिमामा भक्तजनहरूले गरेको फोहोरको व्यवस्थापन तथा शैलुङ्ग क्षेत्र सरसफाई गरिएको स्थानीय एवम् पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र, दोरम्बाका अध्यक्ष दावा सङ्बु शेर्पाले जानकारी दिए ।

दोरम्बा गाउँपालिका अन्तर्गत रहेको शैलुङ्ग क्षेत्रमा जनैपूर्णमाको अवसरमा दर्शालु भक्तजन एवं आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति रहँदा उक्त क्षेत्रमा फोहोर भएको थियो । रामेछाप पर्यटन विकास केन्द्र दोरम्बाको आयोजना तथा स्थानीय चौंरी व्यवसायी, होटल व्यवसायी, स्थानीय अगुवाहरूको समेत उपस्थितीमा शैलुङ्ग क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको दावा सङ्बु शेर्पाले जानकारी दिए ।

रामेछाप पर्यटन विकास केन्द्र दोरम्बाले विगत लामो समयदेखि रामेछापको पश्चिमी क्षेत्र लगायत विशेषत शैलुङ्ग क्षेत्रमा विविध पर्यटन प्रर्वधनका क्रियाकलापहरु संचालन गर्दै आएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु