मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • रामेछापबाट परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट सधै ढिला : १७ जनाको आउन बाँकी
रामेछाप बिशेष

रामेछापबाट परीक्षणका लागि पठाएको स्वाबको रिपोर्ट सधै ढिला : १७ जनाको आउन बाँकी

कोरोना भाइरस संक्रमण

साउन १८,

रामेछाप । रामेछाप जिल्लामा आइतबारसम्मा ८९२ जनाको पीसिआर परीक्षण गरिएको छ । जसमा १८५ जना महिला र ७०७ जना पुरुष रहेका छन् ।  त्यस्तै १७ जनाको स्वाब संकलन गरि थप परीक्षणका लागि काठमाडौं पठाइएको भएपनि लामो समय बित्दा समेत रिपोर्ट आएको छैन् ।

हालसम्ममा जिल्लामा ५५० जनाको रिपोर्ट आएको जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत जनाकारी दिएको छ । त्यस्तै २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्लाका छवटा पालिका तथा दुई नगरपालिकामा गरि आइतबारसम्ममा ५०९ बेडको क्वरेन्टिन तयार पारिएको जनाइएको छ । क्वारेन्टिनमा ८ महिलासहित ६२ जना मानिसहरु बसेका छन् । त्यस्तै आज मात्रै तीन जना क्वारेन्टिन अबधी पुरा गरि घर फर्कीएक छन् । त्यस्तै १०९ वेड्को आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।

आइसोलेसनमा ४ जना बसेका छन् । भने ५९४ जनाको आइतबार सम्ममा स्वाब संकलन गरिएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु